रौतहट । प्रहरीले रौतहटबाट पेस्तोलसहित ४९ वर्षीय शेष बैतुल्ला पक्राउ गरेको छ।
यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीका बैतुल्लालाई सोमवार पक्राउ गरेको हो ।
चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थानसहित उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई यमुनामाई गाउँपालिका -३ राजपुर तुलसीबाट नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए।