Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य १ लाख २ हजार भन्दामाथि


    शुक्रबार, फाल्गुन २७ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६ सय रुपैयाँले बढेकाे छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  

    आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार