Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन 


    शुक्रबार, फाल्गुन २७ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएकाे छ । लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोगमा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक विद्यालयलाई लक्ष्यित गर्दै प्रदर्शन सुरु गरिएको हो । 

    सचेतनामुलक सडक नाटक २६ फागुनमा सरस्वती मावि अर्खौले र दुर्छिम माविमा प्रदर्शन गरिएको छ । २७ फागुनमा च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्धोय मावि हलेसीमा प्रदर्शन गरिने जनाइएको छ । सडक नाटकमा घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असर, लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्वन्धीका विषयवस्तु समेटिएको छ । 

    पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको सडक नाटकमा ज्योती राई, जेबि डिसि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार