Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्तीमा बिदा नदिइएकोमा कमल थापा रुष्ट


    शुक्रबार, फाल्गुन २७ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं। सरकारले आगामी वर्ष २०७९ मा  शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।

    तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान ट्वीट गर्दै थापाले भनेका छन्, ‘सरकारले सार्वजनिक गरेको २०७९ मा दिइने बिदामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसलाई समावेश नगरेकोमा खेद प्रकट गर्दछु ।’ नेपाली नाम र पहिचान दिने महापुरुषको सम्मान गर्न कन्जुस्याइँ र हिनताबोध नगर्न भन्दै थापाले बिदाको माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार