Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा शिक्षकसहित पाँच विद्यार्थी घाइते


    शुक्रबार, फाल्गुन २७ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा शिक्षकसहित विद्यार्थीहरु घाइते भएका छन्। 

    बिहीबार बेलुका आएको हावाहुरीले जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको छाना उडाउँदा शिक्षक/विद्यार्थीसहित पाँच जना घाइते भएका हुन् । 

    जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक विद्यालय गोइरीका शिक्षिका अमृता रसाइली र छात्रा कविता विक, आदर्श माध्यमिक विद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय सुशीला बस्नेत घाइते भएका छन् ।

    घाइतेको टाउको, अनुहार तथा शरीरका अन्य भागमा चोट लागेको छ । घाइते सबैजनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको थापाको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार