Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपतिद्वारा संखुवासभामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त


    बिहिबार, फाल्गुन २६ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संखुवासभाको मादी नगरपालिका वडा नं. ६ पुलुङस्थित सात घुम्तीमा आज बस भीरबाट खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

    उपराष्ट्रपतिले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

    उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 

    उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार