Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी


    बिहिबार, फाल्गुन २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ ।

    ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ । 

    आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार