Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साँफेबगरमा १ हजार ३८३ परिवारलाई गरिब परिचयपत्र, ५८३ अतिगरिब


    बिहिबार, फाल्गुन २६ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फागुन । साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएकाे छ ।  मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएकाे हाे  । 

    अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर-१४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५-२५ परिवार छन् ।

    गरिबको सूचीमा रहेका परिवार नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकतामा दिइने कुँवरको भनाइ छ । उनले परिचयपत्र पाएका परिवारभित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार