Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले दक्षिणपन्थी धारमा रुपान्तरण भएको नेकपा एसको आरोप


    बिहिबार, फाल्गुन २६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) दक्षिणपन्थी धारमा रुपान्तरित भएको आरोप लगाएका छन्।

    पार्टी केन्द्रीय कमिटीको बुधबार सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले एमालेमाथि यस्तो आरोप लगाएका हुन्। नेपाललगायत नेताले एमालेबाट अलग भएर नेकपा एस गठन गरेका हुन्।

    ‘हामीले तत्कालीन नेकपा (एमाले) मा उत्पन्न दक्षिणपन्थी अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी, अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका विरुद्ध विद्रोह गरेर आजभन्दा करिब साढे ६ महिना पहिले २०७८ भदौ २ गते नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरी पार्टी पुनर्गठन अभियान सुरु गरेका थियौं’, अध्यक्ष नेपालले तेस्रो केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा लेखिएको छ।  नेकपा एसले २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएको थियो।

    राजनीतिक प्रतिवेदनमा संगठन विस्तार अभियान सञ्चालन योजना तर्जुमा गरी अगाडि बढ्ने भनिएको छ। प्रतिवेदनमा मुलुक यति बेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित भएको उल्लेख छ। ‘मुलुकमा अहिले एउटा व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेअनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धार छ। नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार