Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


    बुधबार, फाल्गुन २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा काठमाडौं नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडे रहेका छन् । 

    बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७७ पुस २४ र २०७८ मंसिर २१ गते उनलाई चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो । 

    त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो । 

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार