काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को वकालत गरेको बताएका छन् ।
काठमाडौँ क्षेत्र १ अन्तर्गत महानगरपालिका- ३१ को शंखमूलमा आज बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।
उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए । ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौँ । नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’
नेता सिंहले अब पार्टीका सबै नेता कार्यकर्ताले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई मत दिएर जिताउन लाग्न निर्देशन दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend