Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्बन्धबिच्छेद माग्ने पुरुषको संख्या दिनहुँ बढ्दै


    बुधबार, फाल्गुन २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौंडा । मकवानपुर बकैया–४ का राजमान विकले २०५९ असार ३० गते देवतीकुमारी घिमिरेसँग बिहे गरे। तर, अन्तरजातीय विवाह गरेका कारण घरपरिवार र आफन्तले स्वीकार गरेनन्। हेटौंडामा किराना पसल चलाएर अघि बढ्न थाले। दुई छोराछोरी हुर्कँदै गएपछि आर्थिक भार थपियो। विक २०७३ सालमा वैदेशिक रोजगारीमा गए। २०७५ मा घर आई तीन महिनामा दुबई फर्किए। उनी दुबईमा कमाएको पैसा श्रीमतीलाई पठाउँथे। 

    तर, २०७६ सालदेखि एकाएक श्रीमती सम्पर्कमा आउन छाडिन्। छोरामार्फत मात्रै कुराकानी हुन थाल्यो। २०७७ पुस ८ गते छोराछोरीलाई डेरामा छाडेर घिमिरे सम्पर्कविहीन भइन्। विक त्यही वर्ष फागुनमा घर फर्किए। विदेश बसेर पठाएको ८ लाख नगद, १२ तोला सुन र पसल बेचेको पैसा लिएर श्रीमती सम्पर्कविहीन भएपछि खोजी थालेको उनले सुनाए। ‘तर, श्रीमती भेटिनँ। आफ्नो सुर गर्नू भन्ने कुरा अरूमार्फत नै आयो’, ३७ वर्षीय विकले भने, ‘अन्ततः मैले सम्बन्धविच्छेदको मुद्दा दायर गरेँ। अहिले म अदालत धाइरहेको छु।’ 

    घिमिरे अदालतको सम्पर्कमा पनि आएकी छैनन्। विक दुई छोरासहित घरमै खेतीकिसानी गरेर बसेका छन्। ‘संसारको खुसी दिन भनेर विदेश गएँ। कमाएँ। तर, श्रीमती खुसी राख्न सकिनँ’, उनले भने, ‘आज त्यसकै सजाय भोगिरहेको छु।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार