Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दमौली आगलागीको क्षति विवरण संकलन गर्न समिति गठन


    मंगलबार, फाल्गुन २४ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको व्यास–४ स्थित मुख्यचोकमा आइतबार भएको आगलागीबाट क्षति भएको विवरण सङ्कलनका लागि व्यास नगरपालिकाले समिति गठन गरेको छ।

    आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण सङ्कलनका लागि नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो।

    नगरपालिकाका घरनक्शा शाखाका प्रमुख इञ्जीनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सचिव माधव न्यौपाने सदस्य रहेको समिति गठन गरिएको छ।

    गोदाम, व्यक्तिका घरलगायतमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी यही फागुन २६ गतेभित्र पेश गर्न समयावधि तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।

    आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्स, क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ।

    बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार