काठमाडौँ । भक्तपुर चाँगुनारायण नगरपालिका–७ स्थित बागरेमा एक महिलाको शव भेटिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार करिब ३५–४० वर्षकी महिलाको शव भेटिएको हो ।
‘उनको शव हेर्दा हत्या गरिएको देखिन्छ,’ पाण्डेले भने। मृतकको पहिचान खुलेको छैन ।’
मृतकको घाँटीको अगाडिको भागमा हतियारको गहिरो चोट देखिएको छ।
शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेको भनाइ छ।