Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसले मसुहर बालिकालाई धर्मपुत्री बनाए, अहिले विवाह गरिदिँदैछन्


    मंगलबार, फाल्गुन २४ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिका-३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन् ।

    सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी बनाएर लालनपालन गरेका चाैधरीले अहिले २४ वर्ष पुगेपछि विवाह गरिदिन लागेका हुन् ।

    उनले ती आफ्नी छोरी  संगीताकुमारी सदाको राजविराज-१२ बस्ने बद्री सदाका छोरा दिनेश सदासँग २५ फागुनमा गरिदिन लागेका हुन् ।

    छूवाछूतविरुद्ध सकारात्मक सन्देश दिन मुसहर युवतीकाे लालनपाेषण गरेकाे उनले बताए ।

    गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले भनिन्,´सत्यनारायणले चाहेको भए आफ्नै थरकी बालिकालाई धर्मपुत्री  बनाउन सक्नुहुन्थ्याे । उहाँले त्यसो नगरी छूवाछूतविरूद्ध सकारात्मक परिवर्तनको लागि मुसहर बालिकालाई धर्मपुत्री बनाउनुभयाे ।’

     चाैधरीले समाजलाई छूवाछूत विभेदबाट मुक्त गर्न भूमिका खेलेकाे र यसबाट समाजले पाठ सिक्नुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार