Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी आक्रमणले सर्वसाधारण निकास कार्य अवरुद्ध भएको युक्रेनको दावी


    मंगलबार, फाल्गुन २४ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही शहरहरुमा अस्थायी युद्धबिराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ ।

    रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धबिराम घोषणा गरेको थियो । तर, ती शहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ ।

     रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अबरुद्ध भएको युक्रेनले जनाएको छ । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरेको छ । रुसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ ।

    त्यस्तै युद्धकै कारण १५ लाख मानिसले युक्रेन छाडेका छन् । युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्व्देश फर्काइरहेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार