Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिथिला परिक्रमा क्रममा एक तीर्थालुको मृत्यु


    सोमबार, फाल्गुन २३ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृत्यु भएको छ ।

    महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासि बेहोस भएर स्थानीय अस्पतालमा उपचारका क्रममा प्रमिलादेवी साहकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ।

    उनी भारतको बिहारको मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेकाे आफन्तले बताएका छन् । महिलाको शव जलेश्वरस्थित सान्ती कम्युनिटी अस्पतालमा राखिएको छ ।

    आइतबार मात्र मिथिला परिक्रमा मट्टीहानी आइपुगेको थियो । आज पाँचौं दिन तीर्थालुहरूको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ । आज जलेश्वरमा बास बसेर भोलि तीर्थालुहरु मडडइ जाने छन् । तीर्थालुहरूको व्यवस्थापनलाई ध्यान दिँदै आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार