Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरिता गिरीलाई गरेको कारबाहीको पत्र पुग्यो संसद सचिवालयमा


    बुधबार, असार २४ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी पार्टीले पूर्व सांसद सरिता गिरीलाई गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।

    लिम्यिाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्साको विरोधमा संशोधन हालेको र फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

    उक्त कारबाहीको पत्र बुधबार संसद सचिवालयमा पुगेको छ ।

    कानुनी प्रक्रिया मिले नमिलेको हेरेर संसद सचिवालयका महासचिवले सभामुख समक्ष पेश गर्ने र सभामुखबाट निर्णय भएपछि सांसद पद निलम्बनबारे सूचना जारी गर्ने काम बाँकी रहेको सचिवालयले जनाएको छ ।

    गिरीलाई कारबाही गरिएको पार्टीको पत्र लिएर समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत संसद् सचिवालय पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार