Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पाेखरेल


    सोमबार, फाल्गुन २३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशकाे भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् ।

    जनकपुर-पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए । 

    मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए।

    मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका थिए ।

     उनी आज साेमबार पोखरा फर्कँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार