Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरधनी दम्पतीले दिए बयान– ‘त्यो रात पल र बालिकासँगै बसेका थिए’


    सोमबार, फाल्गुन २३ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • दमौली । बाल गायिकामाथि जबरजस्ती करणीको मुद्दामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत तनहुँले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

    आफूविरुद्ध जाहेरी परेकी ४ दिनपछि अर्थात् फागुन १५ गते प्रहरीसामु आत्मसमर्पण गरेका पल अहिले तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म पल शाहसहित ५ जनाको बयान लिएको छ । 

    १७ वर्षीया ती किशोरीले गत फागुन ११ गते शाहले प्रेम र मायाको झुटो आश्वासनमा पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि केही दिन भूमिगत भएका शाह चार दिनपछि प्रहरीकहाँ पुगेका थिए। 

    जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले आफूलाई बलात्कार गरेको बालिकाको जिकिर छ । उजुरीपछि तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग समेत बयान लिएको छ । 

    यो पनि पढ्नुहोस्: पल शाहविरुद्ध जाहेरी दर्ता, १२ वर्षसम्मको जेल सजाय हुनसक्ने

    बलात्कृत बालिकाको पक्षमा किन बोल्दैनन् महिला संघ संगठन ?

    ‘त्यसदिन पल र बालिका सँगै बसेका हुन्, घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले घरधनीको भनाइ उधृत गर्दै नेपाल फेससँग भने, ‘उहाँहरुले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिनुभएको छ।’

    यस्तै, ती प्रहरी अधिकृतका अनुसार पलविरुद्ध कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले पनि बयान दिइसकेका छ न्। आइतबारसम्म ५ जनाको बयान सकिएको प्रहरीको भनाइ छ । बयानसँगै प्रमाण संकलन गर्ने काम भइरहेको उनले बताए। 

    पीडित नाबालिका भएको पुष्टि 
    जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतका अनुसार प्रहरीले अहिलेसम्म पलविरुद्ध २ वटा प्रमाणहरु जुटाइसकेको छ । जसमा पीडित बालिका नाबालिग रहेको अनुसन्धानमा खुल्न आएको प्रहरी स्रोतको दाबी छ । पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेपछि पीडित नाबालिक रहेको पुष्टि भएको छ। जन्ममिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ । घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्मदर्ता नै हो। जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ।

    कन्याजाली च्यातिएको मेडिकल रिपोर्ट
    यस्तै, उजुरीपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरेको थियो। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेको छ । प्रहरीका अनुसारयी दुवै प्रमाण आरोपीविरुद्ध बलिया रहेका छन् । पीडितको मद्दा हेरेकी अधिवक्ताले पनि पलविरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्यातिएको प्रमाण चिकित्सकले दिएको दाबी गरेकी थिइन्।

    नवलपुर प्रहरीको पत्र
    यता पलविरुद्ध नवलपुर प्रहरी कार्यालयमा पनि उजूरी परेको छ । बलात्कार मुद्दामा अनुसन्धान र बयानका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले शाहलाई उपस्थित गराइदिन भन्दै तनहुँ प्रहरीलाई पत्र लेखेको छ ।

    जिल्ला अदालत नवलपुरले उनलाई पक्राउ गर्न छुट्टै पक्राउ पुर्जी समेत जारी गरेको छ । प्रहरीले पनि छुट्टै मिसिल तयार गरेको छ । पललाई केही दिनमा नवलपुरमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एक प्रहरीले बताए। 

    के छ कानूनमा ?
    नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकारकिशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

    उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ । १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।

    दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।

    यौनहिंसा ठहरे पललाई १२ वर्षसम्मको कैद, जाहेरी गलत भए किशोरीलाई ६ वर्ष जेल

    पलविरुद्ध उजुरीपछि समीक्षाले गरिन् मेडिकल चेकअप

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार