Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आरोपी एमालेका नेता मोहन बानियाँको सांसद पद निलम्बन


    आइतबार, फाल्गुन २२ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । 

    मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

    उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार