Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुङ्गेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जले


    आइतबार, फाल्गुन २२ २०७८
    355
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

    उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन्। काठमाडौँ महानगरपालिका-१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ।

    क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

    उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार