काठमाडाैं । जबरजस्ती करणीको मुद्दामा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ ।
बाल गायिकामाथि बलात्कार गरेकाे आराेपमा प्रहरी हिरासतमा रहेका शाहकाे शनिबार सात दिनको म्याद सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।
१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएकाे चार दिनपछि शाह आफैं प्रहरीकहाँ उपस्थित भएका थिए ।