काठमाडौं । तत्कालिन राप्रपाका महामन्त्री एवं पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
यस्तै, शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले श्रद्दान्जली व्यक्त गरेका छन् । ‘शेरचनको निधनको समाचारले स्तब्ध र दुःखी छु। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछु। परिवारजनमा गहिरो समवेदना !’ लिङ्देनले लेखेका छन्।
शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शेरचनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।