Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकारको टोलीमाथि युक्रेनमा आक्रमण


    शनिबार, फाल्गुन २१ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसले युक्रेनमा समाचार संकलनमा खटिएका  पत्रकारहरुको  टोलीमाथि आक्रमण गरेको छ । ब्रिटेनको समाचार च्यानल स्काई न्यूजको एक टोलीमाथि  रुसले आक्रमण गरेको हो । मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको हो ।

    तर उनीहरु चमत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ । स्काई न्यूजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ ।

    भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरुले आफूहरु पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् ।स्टुअर्टसहित पत्रकारहरुको टोली सुरक्षित तरिकाले ब्रिटेन फर्किसकेको छ । यसैबीच बीबीसीपछि सीएनएसन र ब्लुमबर्गले पनि रुसमा अस्थायी रुपमा आफ्ना कामकाज बन्द गर्ने निर्णय गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार