Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परमाणु केन्द्रमा हमलापछि जर्मनीले भन्यो- युक्रेन संकट तत्काल समाधान गर


    शनिबार, फाल्गुन २१ २०७८
    390
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • किभ- जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन संकट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् । राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । एक घन्टा लामो सो वार्तामा चान्सलर सोल्जले  युक्रेनमा जारी रुसी हमला बन्द गर्न आह्वान गर्दै युद्धबाट प्रभावितलाई मानवीय सहयोगका लागि पहुँच स्थापित गर्न पुटिनसँग अनुरोध गरेका थिए । 

    युक्रेनको परमाणु केन्द्रलाई रुसी सेनाले कब्जा गरेको पृष्ठभूमिमा जर्मन चान्सलरले पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् । रुसी सेनाले युरोपकै ठूलो मानिएको जापोरिज्यास्थित परमाणु केन्द्रमा शुक्रबार आगो लगाइदिएका थिए ।

    आगो लगाइदिएपछि सो केन्द्रलाई रुसी सेनाले कब्जा गरेका छन् । रुसी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् ।  यसैबीच, आगलागी भएपनि त्यहाँबाट कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार