काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् ।
उनले ट्वीटरमार्फत टिप्पणी गर्दै ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका हुन् ।
अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् ।
एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।