Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • म्यादी प्रहरीलाई १ हप्ता तालिम दिइने


    बिहिबार, फाल्गुन १९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरी प्रधान कार्यालयले २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने बताएकाे छ ।

    नियुक्ति गर्ने दिनको आधारमा निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको प्रहरी प्रवक्ता  विष्णुकुमार केसीले जानकारी दिए ।

    ७ दिनको तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइन्छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार आफूभन्दा सिनियरलाई सलाम गर्ने तरिका, लौरो चलाउने र भीड नियन्त्रण गर्ने तरिका सिकाउने गरी कार्यविधि तयार गरिएको छ । 

    गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रिय सुरक्षा समितीले त्यसबारे निर्णय गरेपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरु हुन्छ । म्यादी प्रहरी ५० दिन निर्वाचनको सुरक्षामा खटिन्छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार