Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनमा रुसी हमला जारी, ४९८ रुसी सेना मारिए


    बिहिबार, फाल्गुन १९ २०७८
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

    रुसले पहिलो पटक आफ्नोतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । 

    रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ । बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् । 

    यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार