Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनएसएल अक्सन: ए डिभिजनका ८ क्लबको आपत्ति, एन्फाले लेखे पत्र (पत्रसहित)


    बिहिबार, फाल्गुन १९ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन् ।  

    यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ती जारी गरेका क्लबले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।

    विज्ञप्तीमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुकाे मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् ।

    ए डिभिजन लिगका आठ क्लबहरुले अक्सनका लागि एनएसएल आयोजकले आफूहरुसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशिघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन् । यसो नभए यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार एन्फा नै हुने विज्ञप्तीमा उल्लेख छ । 

    यस पटक एनएसएलमा १० क्लब रहनेछन्  । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

    ncll.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार