Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाको फोहोर व्यवस्थापनमा दिनहुँ समस्या


    बिहिबार, फाल्गुन १९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या देखिएको छ । एक साताअघि मात्र स्थानीयसँग सहमति भएर १२ दिन लामो अवरोध समाप्त भई सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरु भएको थियो । ठेकेदार कम्पनीले काम ढिलो गरेको भन्दै स्थानीयले फेरि हिजो बुधबार दिनभर फोहोर बोकेका सवारीलाई तीनपिप्लेमा रोकेका थिए ।

    यही फागुन १ गतेदेखि मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै आन्दालनमा उत्रिएका स्थानीयले १२ दिनसम्म बाटो बन्द गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो । ठेकेदार कम्पनी शैलुङ कन्ट्रक्सनले फागुन १२ गते चैत महिनाभित्र मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गरिसक्ने र बाँकी क्षेत्रसमेत नियमित कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको थियो ।

    तारकेश्वर नगरपालिका–३ का अध्यक्ष मनोहरि तिवारीले काममा फेरि सुस्तता आएका कारण फोहोर रोकेको बताउँदै भन्नुभयो– ‘ठेकेदारले सम्झौता गरेअनुसार काम नगरेका कारण तीनपिप्लेमा फोहोर रोकिएको हो । यही अवस्था रहे फोहोर विसर्जन गर्न दिँदैनौं ।’ उहाँले ठेकेदारले मनपरी गरेका कारण समस्या बढ्दै गएको टिप्पणी गर्दै तोकिएकै समयमा बाटो नबनाए फेरी फोहोर रोक्न जनता सडकमा उत्रने चेतावनीसमेत दिनुभयो ।

    फागुन १३ गतेबाट फोहोर उठ्न थाले पनि राजधानीका अधिकांश सडक गल्लीको फोहोर उठ्न सकेको छैन । निजी कम्पनीसँग सवारीसाधन सीमित भएकाले फोहोर विसर्जन गर्न नसकेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले जनाएको छ । नेपाल समाचारपत्रमा दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार