Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी सुरु


    सोमबार, चैत्र ३ २०७६
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ३ चैत । फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी सुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले एक कार्यक्रममा पूर्वाधार निर्माण तथा खेलकूदको तयारीका काम अघि बढेको बताएका छन् । 

    उनले खेलकुदको मिति नसर्ने जानकारी दिँदै भने, राष्ट्रिय खेलकूदका लागि रु ७५ करोडदेखि रु एक अर्बको हाराहारीमा बजेट आवश्यक पर्छ । सो रकम हामीले सरकारसँग माग गरिसकेका छौँ । 

    सदस्यसचिव सिलवालले स्विमिङ’ र ‘सुटिङ’ बाहेकका अन्य खेलका सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेका बताउँदै पोखरा रङ्गशालाभित्र निर्माण गरिने यी दुई खेल पूर्वाधार निर्माण प्रक्रियासमेत शुरु भएको  जानकारी दिए। 

    सुटिङको पूर्वाधारका लागि बोलपत्र आह्वान गरिसकिएको र स्विमिङका लागि डिजाइन तयार भइरहेको बताउँदै उनले विदेशी पनि सहभागी हुने गरी २५ बाई २५ को ‘हिटिङ स्विमिङ’ पोखरी निर्माणको योजना रहेको स्पष्ट पारे।

    उनले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता आगामी तीन महिनाभित्रमा २० हजार पुर्याउने गरी काम भइरहेको उल्लेख गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार