काठमाडाैं । राजधानीको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा एक पुरुषको शव फेला परेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका हो । उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको
पुरुषको हत्यापछि त्यहाँ शव फालिएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरिएको बताएकाे छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।