Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद भवन अगाडि बम राखेको आरोपमा विप्लवको कार्यकर्ता पक्राउ


    बुधबार, फाल्गुन १८ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।

    महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपामा आबद्ध सुवास महत रहेका छन् ।

    एमसीसी संसदबाट पारित भएपछि त्यसको विरोधमा सोमबार गरिएको नेपाल बन्दको क्रममा संसद भवनअगाडि ‘बम’ राखिएको भन्दै उनलाई महाशाखाको टोलीले बुधबार राजधानीबाट पक्राउ गरेको हो ।  

    प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा कुकरभित्र प्लास्टिक र कागज पाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार