Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    बुधबार, फाल्गुन १८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्री दर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६२ रुपैयाँ तिन पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७  रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ  ८२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया पाँच पैसा र बिक्री दर ३२ रुपैयाँ २१ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३  पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ दुई पैसा  र बिक्री दर १० रुपैयाँ सात पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार