Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साहित्यकार एवं पत्रकार पाल्पालीको निधन


    बुधबार, फाल्गुन १८ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मिएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।

    केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन् । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

    नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए । उनी कानुन व्यवसायीसमेत थिए । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार