Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्ला न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत


    बुधबार, फाल्गुन १८ २०७८
    540
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले जिल्लामा निर्वाचन सम्पन्न गराउने प्रतिनिधिका रूपमा रहने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न तयारी थालेको छ ।

    न्याय परिषद्ले सिफारिस गरी ४ सय ६७ जनाको नामावली पठाएपछि आयोगले सोको तयारी थालेको हो । परिषद्ले स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रूपमा खटाउन ४ सय ६७ जना नाम सिफारिस गरी सोमबार आयोगमा पठाएको थियो ।

    आयोगको आग्रहमा परिषद्ले सिफारिस गरी पठाएको नाममाथि आयोगले अध्ययन गरिरहेको आयोगले जनाएको छ । प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगलाई सिफारिस गरी पठाएको छ ।

    कुनै न्यायाधीश बिरामी परेको अवस्था वा विशेष कारणवश मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने भएमा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जना न्यायाधीशलाई जगेडामा पनि राखिएको छ। एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत बन्नेछन् ।

    त्यसैगरी, निर्वाचन अधिकृतका लागि परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३ सय ७५ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई पठाइएको छ । परिषद्ले न्याय समूहबाट १ सय ७९ जना, कानुन समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ उपसचिवहरुलाई निर्वाचन अधिकृतका रूपमा खटाउन आयोगलाई सिफारिस गरी पठाएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार