Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • असन्तुष्ट नारायणकाजीलाई प्रचण्डको आग्रह: पार्टी एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो, हामी मिल्नुपर्छ


    मंगलबार, फाल्गुन १७ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता अनुमाेदन पछि असन्तुष्ट रहदै आएका नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेरै अघि बढ्न प्रस्ताव गरेका छन् ।

    एमसीसी पास गर्न नहुने अडान राख्दै १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि अस्वीकारेका नेता श्रेष्ठ पनि आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका छन् ।

    मंगलबार नेता श्रेष्ठलाई भेट्न श्रेष्ठ निवास हात्तीवन अध्यक्ष प्रचण्ड एमसीसीका विषयमा आफहरुबीचको मतभिन्नतालाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरेका थिए ।

    ‘यो विषयमा मतभेद कायम राखौं अरु कुरामा मिलेर जाऔं, पार्टी एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो,’ भेटमा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग भनेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार