Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सेनाकै हेलिकाेप्टरमा शिशुको जन्म


    मंगलबार, फाल्गुन १७ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे  हेलिकाेप्टरभित्रै  शिशुलाई जन्म दिएकी हुन्। 

    कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु  हुने गरेको थियो ।  यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार  मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले  हेलिकाेप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।

    आमा र शिशुलाई प्रदेश अस्पताल लगिएकाे छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार