Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो


    मंगलबार, फाल्गुन १७ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ मंगलबार  प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार