Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?


    मंगलबार, फाल्गुन १७ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेन द्धन्द्व तीव्र भइरहेका बेला रुसी सेनाले युक्रेनीमाथि बिस्फोटक पदार्थ र भ्याकुम बमले हमला गरेको मानव अधिकारवादी समूह र राष्ट्रसंघका लागि युक्रेनी दूतले आरोप लगाएका छन् । 

    रुसी सेनाले प्रतिबन्धित क्लस्टर प्रयोग गरेको एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले जनाएको छ । 

    अमेरिकी संसदका सदस्यहरुसँग भेट गरेपछि राष्ट्रसंघका लागि युक्रेनका दूत ओकसान मार्कारोभाले रुसले घातक भ्याकुम बम प्रयोग गरेको दाबी गरेका छन् । 

    ‘उनीहरुले आज भ्याकुम बम प्रयोग गरे । रुसले युक्रेनमा ल्याउन खोजेको विनाश ठूलो छ,’ उनले भने । थर्मोव्यारिक हतियारसमेत भनिने यस बमले वरपरको वातावरणको अक्सिजन चुस्छ र उच्च तापक्रममा बिस्फोट हुन्छ । 

    परम्परागत बिस्फोटक पर्दाथको तुलनामा यसले लामो अवधिको ब्लास्ट वेभ उत्पन्न गर्छ र मानव शरीर वास्पिकरण गर्न सक्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार