Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमालेको सुर्खेत कार्यालय बन्दकर्ताले जलाए, कांग्रेस र माओवादीको कार्यालयमा पनि आगजनी


    सोमबार, फाल्गुन १६ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरिएको छ । 

    सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

    वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।
    त्यस्तै उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । 

    प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार