काठमाडौं । अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको ९४.९ ग्राम सुनको २ थान ब्रासलेट सहित सप्तरी मौवावेल्ही–४ का ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कतार एयरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका अलीलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा सोधपुछ एवं तलासी गर्दा जिन्स पाइन्टको दाँया तथा बाँयातर्फको कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा उक्त ब्रासलेट फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।