Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • स्थानीय निर्वाचनको घोषणापत्र कांग्रेसले चाँडै सार्वजनिक गर्नेछः डा.महत


    सोमबार, फाल्गुन १६ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

    सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।

    कांग्रेसले स्थानीय तहको निर्वाचनका लाथि एक महिने संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ ।

    आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनको भनाइ छ । त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारा तय गरिएको उनको भनाइ छ । यसका लागि सबै भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गरिएको प्रवक्ता महतले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार