Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा बन्द गराउँदै हिँडेका १७ जना पक्राउ


    सोमबार, फाल्गुन १६ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले १७ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।

    जबर्जस्ती बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई बुटवलको बसपार्कबा गिरफ्तार गरिएको हो ।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार