महोत्तरी । कांग्रेस महोत्तरी लामो रस्साकस्सीपछी जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । केन्द्रिय अधिवेशन भइसक्दापनी प्यानलहरू बीचको आफ्नै अडानले पटक-पटक बिथोलिँदै आएको अधिवेशनमा अन्ततः गर्नेगरी सहमति जुटेको हो ।
शेरबहादुर देउवा रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीचमा लामो समयसम्म चलेको तिक्ततामा आत्मसमीक्षा गर्दै लोकतान्त्रिक प्रक्रियाअनुसार अधिवेशन हुने साझा सहमति भएपछि अधिवेशनको बाटो खुला भएको कांग्रेस महोत्तरीले जनाएको छ ।
अधिवेशन रोक्न कहिले मतदान अधिकृतको अपहरण त कहिले समूह-समूहबीचमा नै झडपको स्थिति बनेपछि बिथोलिँदै आएको वडा, नगर र क्षेत्रको अधिवेशनसमेत समपन्न भएको छ ।
सोही विवाद कै कारण पटक-पटक बिथोलिँदै आएको मनरासिस्वा नगरपालिका-८, वल्वा नगरपालिका र क्षेत्र नंम्बार ३ को अधिवेशनसमेत केही दिन अगाडि सम्पन्न भएको छ । योसँगै जिल्ला अधिवेशनको बाटो खुल्ला भएपछि अहिले प्यानलहरू जिल्लामा आफ्नो उम्मेदवारको लागि लविङ गरिरहेका छन् ।
मधेश प्रदेशका ठूला चाडपर्व यो बीचमा नै परेको हुनाले १९ फागुनमा जिल्ला अशिवेशनको लागि मनाेनयन दर्ता हुने कांग्रे महोत्तरीले जनाएको छ ।
अहिले जिल्लामा देउवा प्यानलवाट दुई जना र पौडेल प्यानलवाट एक जना गरी ३ जनाले जिल्ला सभापतिको लागी उम्मेदवारी घोषणा गरेका छन ।
घोषणा गर्नेहरुमा पौडेल प्यानलवाट बजरङ्ग नेपाली र देउवा प्यानलवाट नागेस्वर यादव, सुशील यादव छन् । अधिवेशनको गृहकार्य अगाडि बढाइए पनि अधिवेशनको मिति भने घोषणा भएको छैन । `सम्भवत: २३ फागुनमा निर्वाचन हुनेछ,´ कांग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने ।
केन्द्रले यथासक्य अधिवेशन समपन्न गर्न निर्देशन दिएपछि यही महिनाभित्रै अधिवेशन सकाउने कांग्रेस महोत्तरीको तयारी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend