Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुकेधारा-कलंकीमा दूधको गाडी र सार्वजनिक बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ


    सोमबार, फाल्गुन १६ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । 

    सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । 

    यस्तै, चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीको भनाइ छ ।  सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् । 

    सरकारले हिजो एमसीसी अनुमोदन गरेको थियो। एमसीसीको बिरोधमा लाखौं जनताले प्रदर्शन गर्दै आएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार