Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसरी जुट्यो सहमति, गठबन्धन झन् बलियो


    सोमबार, फाल्गुन १६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ दलहरूले प्रतिनिधि सभा बैठकबाट १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीलाई सहमतिबाटै अनुमोदन गरेका छन् ।

    पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध चार दलले एमसीसीमाथि उठेका प्रश्न र संशयलाई समेट्ने गरी ‘व्याख्यात्मक घोषणा’ गर्दै एमसीसी परियोजनालाई आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट अनुमोदन गरेका हुन् ।

    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस विगतदेखि नै एमसीसीका विषयमा प्रस्ट रहँदै आएको थियो । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एस र जसपाले भने आइतबार मात्रै एमसीसीका पक्षमा मतदान गर्ने निर्णय लिएका थिए ।

    आआफ्ना दलको आन्तरिक बैठकपछि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन बैठक बसेको थियो । सो बैठकबाट एमसीसीमाथि ‘व्याख्यात्मक घोषणा’ गर्दै एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने निर्णय भएको थियो ।

    कांग्रेस नेता रामचन्द्र पौडेलले एमसीसीका विषयमा उठेका प्रश्नलाई समेट्नेगरी व्याख्यात्मक घोषणा गर्दै एमसीसी परियोजनालाई संसद्बाट अनुमोदन गर्न सत्ता गठबन्धन आबद्ध दलहरू एकसाथ अघि बढेको जानकारी दिए । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार