Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप’


    सोमबार, फाल्गुन १६ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा  ‘क्लिन स्वीप’ गरेको छ ।

    आइतबार राति धर्मशालामा  भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।  

    १४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार  विकेट गुमाएर पूरा गर्‍याे । भारतका श्रेयस ऐरले सर्वाधिक  ७३ रन बनाए । रविन्द्र जडेजा २२,  दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्‍याे । 

    श्रीलंकाका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र  चामिका करुनारत्नेले १२ रनको योगदान गरे।  भारतका आभेस खानले २ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार