Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अख्तियारको सक्रियताः चेक र नगदसमेत ५ लाख घुस लिने मेयर पक्राउ


    आइतबार, फाल्गुन १५ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिंदालिंदै मेयर पटेलसहित उनका सहयोगी अशोकप्रसाद पटेल, योजना शाखाका खरिदार मुकेश पटेल र सहलेखापाल प्रदीप कुमार यादवलाई आइतबार नियन्त्रणमा लिएको हो ।  

    उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई ५ लाख रुपैयाँ घुस माग गरेको सूचना प्राप्त भएपछि अख्तियारबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    २ लाख ५ हजार नगद र २ लाख ५० हजार रुपैयाँको चेकसहित अख्तियारको टोलीले ५ लाख घुसको रकम मेयरको कार्यकक्षबाटै ४ जनालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार